१ कार्तिक २०८३, शनिबार

शक्तिशाली भूकम्पले ताइवानमा पाँच जनाको मृत्यु, चीनको तिब्बत पनि हल्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taiwan 1

ताइपेई, २३ माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको प्रारम्भिक समाचारमा जनाइएको छ ।

शनिबार बिहानीपख ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि पाँचको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ ।

शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

taiwan

मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ ।

उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन ।

सो भकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

taiwan 2

उक्त शक्तिशाली भूकम्पको धक्का चीनका अधिकांश क्षेत्रमा पनि महसुस भएको अधिकारीहरुले जनाएका छन् । सबैभन्दा बढी तिब्बतमा धक्का महसुस गरिएको बताइएको छ । ताइवान तिब्बतसँग सीमा जोडिएको देश हो ।

शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन । प्रररम्भिक रुपमा गरिएको अनुमानबाट ठूलो जनधनको क्षति भएको बताइएको भएपनि विस्तृत विवरण भने आउन सकिरहेको छैन । रासस/एएफपी