२६ कार्तिक २०८३, बिहिबार

मधेसमा नेपाली कांग्रेसका नेता यादवको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janakpur-locator-map

जनकपुरधाम, २३ माघ । पाँच महिनादेखि तराईमा चलिरहेको मधेस आन्दोलनकै क्रममा नेपाली कांग्रेसका एक स्थानीय नेताको हत्या भएको छ ।

सिरहामा एमाले नेताको हत्या भएको महिनादिन नबित्दै गएराति धनुषा जिल्ला बालाबाखर–४ बैरियाका क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ ।

सांसद मोक्ता यादवका अनुसार ४५ वर्षीय राजेन्द्रलाई घाँटी, छाती र पेटमा गोली हानी हत्या गरिएको छ ।

वैवाहिक कार्यक्रममा सहभागी भएको बेला अज्ञात व्यक्तिले मोबाइलमा फोन गरी घर बोलाएकामा घर फर्किने क्रममा बाटोमा गोली हानी हत्या गरिएको सांसद यादवले बताउनुभयो । रासस