भक्तपुर, १९ वैशाख । दुई वर्षदेखि ढल व्यवस्थित नहुँदा कमलविनायक क्षेत्रका मूल सडकको दायाँबायाँका घर घरमा सडकको पानी पसेर क्षति पु-याएको छ ।
बिहीबारदेखि परेको वर्षाको पानीले सडकबाट निकास नपाएपछि कमलविनायक भत्केकोपाटीदेखि ढुङ्गेधारासम्मका दर्जनौँ घरभित्र पानी पसेको हो ।
स्थानीयवासी भुवन थापालगायत छिमेकीको घरभित्र रातिदेखि नै पानी प्रवेश गरेपछि घरभित्रका सामग्रीमा क्षति पुगेको छ । पानीका कारण स्थानीयवासीलाई सडकमा आवतजावतमा समेत समस्या परेको छ ।
रातिदेखि नै घरभित्र पानी पसेपछि घरमा बस्न समस्या परेको थापाले बताए । घरभित्र पानी पसेपछि घरभित्रको खाद्यान्न, लत्ताकपडालगायत सामानमा क्षति पुगेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रनाथ कोइरालाले त्यस क्षेत्रमा समस्या भए पनि केही दिनभित्रै निकास खोलिने बताए ।













प्रतिक्रिया