३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटः नेपाललाई तेस्रो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip-Lamichne

काठमाडौं, २२ माघ । यू–१९ विश्वकप क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल बंगलादेशविरुद्ध बलिङ गरिरहेको छ ।

बंगलादेशलाई २१२ रनको विजयी लक्ष्य दिएर मिरपुर मैदानमा बलिङ गरिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले तेस्रो विकेट लिएका छन् । उनले नजमुल हुसेन ८ रनमा आउट गरेका छन् ।

यसअघि प्रेम तामाङले बंगलादेशको दोस्रो विकेट रुपमा पिनाक घोषलाई ३२ रनमा आउट पारेका थिए, भने सुनिल धमलाले शेफ हसनलाई ५ रनमा पहिलो विकेटमा रुपमा आउट गरेका थिए ।

यो समाचार तयार पार्दासम्म बंगलादेशले २३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७८ जोडेको छ । खेल जारी छ ।