२९ आश्विन २०८३, बिहिबार

प्रहरी निरीक्षकले गर्भवती महिला ट्राफिक कुटेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ppppppकाठमाडौँ, २ साउन । महिलाको पीढा बुझ्ने महिला नै हुन्छन भन्ने सत्यलाई प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले नराम्ररी लत्याएकी छिन् । त्यो पनि डिउटीमा खटिरहेकी एक गर्भवती महिला ट्राफिक प्रहरीमाथि दुव्र्यवहार गरेर ।

थापथलीस्थित महिला ट्राफिक कार्यालयमा कार्यरत महिला ट्राफिक प्रहरी कुमारी थापालाई प्रहरी निरीक्षक श्रेष्ठले कुटपीट गरेर त्यो सत्यलाई लत्याएकी हुन् । डिउटी समयमा जिम्मेवारीपूर्वक काम नगरेको भन्दै थापथलीस्थित ट्राफिक पोष्टको आरम गर्ने स्थानमा श्रेष्ठले थापालाई कुटपीट गरी दुव्यवहार गरेकी हुन ।

एक हप्ता अघि कुमारीलाई नेपाल प्रहरी अस्पतालले उभिएर डिउटी नगर्न र कम्मरमा बेल्ट नबाध्न सिफारिस गरेपछि उनले कार्यालयमै डिउटी मिलाइदिन आग्रह गरेकी थिइन । तर, प्रहरी नीरिक्षक श्रेष्ठले अहिले नै कार्यालयको डिउटी गर्ने बेला भएको छैन भन्दै व्यस्त स्थानमा डिउटी खटाएकी थिइन ।

उनले कार्यालयमा नभए विहान बेलुकाको डिउटी मिलाईदिन समेत आग्रह गरेकी थिइन ।
बुधबार विहान भने आफूलाई ‘बमेटिङ’ भएपछि डिउटी जान नसक्ने भन्दा भन्दै डिउटी राखिदिएको महिला ट्राफिक प्रहरी कुमारीले बताइन । उनका अनुसार बुधबार विहान १० बजे थापथली चोकमा डिउटी गर्दा गर्दे उनलाई बमेटिङ भएको थियो ।

त्यसपछि प्रसुतीगृह जाने मोडमा रहेको आरमस्थलमा उनी बसिरहेको अवस्थामा आएर श्रेष्ठले कुटपीट गरेकी हुन । ‘डिउटीकै अवस्थामा मलाई सञ्चो भएन, बमेटिङ भयो मैले नजिकै रहेका एक असईलाई सोधेर आराम गर्न गए तर इन्चार्ज आएर कुटपीट गर्नुभयो मैले यसअघि नै उहालाई डिउटी जान नसक्ने बताएकै थिए ।’ श्रेष्ठले

जवरजस्ती डिउटी पठाएको र कुटपीटसमेत गरेको ट्राफिक थापाले गुनासो छ ।
उक्त घटना बारे बिहीवार नै थापाले प्रहरी उपरीक्षक वसन्त पन्तलाई जानकारी गराएकी थिइन । प्रहरी नायवमहानीरिक्षक (डिआइजी) केशव अधिकारीलाई समेत उनले आफूलाई परेको पीडाबारे जानकारी गराएकी थिइन ।

‘मैले डिआइजी साप एसपी साप दुवैजनालाई जानकारी गराएको छु प्रहरी अस्पतालले नै दिएको सुझाव अनुसार मैले डिउटी मागेकी हुँ अन्य साथीहरुले पनि यस्तो सुविधा पाउँछन म पनि महिला भएका कारणले मेरो समस्या बारे अवगत गराएरै डिउटी परिवर्तन गर्न खोजेकी हुँ’, थापाले भनिन ।

कमला थापा थापथली ट्राफिक प्रभागमा सरुवा भएको १० महिना भयो भने महानगरीय ट्राफिक महाशाखास्थित कम्युटर शाखामा कार्यरत प्रहरी नीरिक्षक श्रेष्ठ त्यहाँ प्रमुख भएको करिव दुई महिना भयो ।

उक्त घट्नाको बारेमा महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले महिला ट्राफिकलाई इन्चार्जले कुटपीट नगरेको दावी गरे । ‘उनीहरुका बीचमा केही असमझदारी भएको हो तर कुटपीट गरेकै भन्ने मलाई जानकारी छैन ’, उनले भने खाद्य संस्थानको छेउमा डिउटी गर्न खटाएको तर उनी नमानेको अवस्थामा केही असझदारी उत्पन्न भएको मैले बुझेको छु ।’ ट्राफिक प्रहरी कमला थापाले डिआइजी केशव अधिकारीलाई सो घट्नाको विषयमा जानकारी गराएपछि उनले डिएसपी सुमन तिमिल्सिनलाई सो बारे बुझ्न पठाएका थिए ।