१ कार्तिक २०८३, शनिबार

काश्मिरमा हिमपहिरो, दश सैनिक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAKISTAN MILITARY SOLDIERS BODIESश्रीनगर (काश्मिर), २० माघ । भारत प्रशासित काश्मिरी इलाकाको हिमाली क्षेत्रमा बुधबार गएको हिमपहिरोमा परी १० जना सैनिक बेपत्ता भएको भारतीय सैनिक प्रवक्ताले बताएका छन् ।

भारत–पाकिस्तान सीमा नजिकै जम्मु–काश्मिर क्षेत्रको सियाचिन हिमनदी नजिकै पाँच हजार ८०० मिटर उचाईमा गस्ती गर्ने क्रममा बुधबार बिहान आएको हिमपहिरोमा १० जना सैनिक अधिकारी परी वेपत्ता भएकोे कोलोनेल एस.डी. गोश्वामीले सञ्चारमाध्यमलाई बताउनुभयो ।

उहाँले हवाई तथा थल सैन्य उद्धार टोलीलाई हिमपहिरोमा परेका सैनिकको उद्धारमा खटाएको बताउनुभयो ।
सो सियाचिन इलाका भारत–पाकिस्तानबीच उच्च तनाव रहेको क्षेत्र हो ।

सन् २०१५ को जनवरीमा पनि उक्त क्षेत्रमा हिमपहिरोमा परी चार सैनिक तथा चार अन्य नागरिकको मृत्यु भएको थियो ।

उक्त क्षेत्रमा सन् १९८४ पछि अहिलेसम्म हिमपहिरो, हिउँको चिसोमा परी तथा लेक लागि करिब आठ हजार मानिसको ज्यान गएको विभिन्न अध्ययनले बताएका छन् । रासस/एएफपी/पीटीआई