१ कार्तिक २०८३, शनिबार

काश्मिरी विद्रोही समूहलाई सहयोग नगर्न पाक संसदको सरकारलाई सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawaz-Sarifइस्लामावाद (पाकिस्तान), १९ माघ । पाकिस्तानको एक संसदीय समितिले सरकारलाई सीमा क्षेत्रमा विद्रोही समूहलाई उत्तेजित पार्ने किसिमको कुनै सहयोग नगर्न निर्देशन दिएको छ ।

पाकिस्तानको विदेश मामिला हेर्ने नेसनल एसेम्ब्ली स्टान्डिङ कमिटीले सोमबार कश्मिरका सम्बन्धमा चार पृष्ठ लामो निर्देशन जारी गरेको यहाँको एक्सप्रेस ट्रिबुनको मङ्गलबारको अङ्क प्रकाशन गरेको छ ।

संसदले काश्मिरमा भएका गतिविधिमाथि अन्तर्राष्ट्रिय चासो बढेको बताउँदै कुनै पनि समूहलाई गैरकानुनी सहयोग पुग्ने किसिमका सहयोग नगर्न निर्देशन जारी गरेको हो ।

पाकिस्तान सरकारले काश्मिरका सशस्त्र, प्रतिबन्धित, विद्रोही समूहलाई भारत–पाकिस्तान सम्बन्धमा समस्या आउने गरी सघाएको भन्ने कुरामाथि अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त गरिँदै आएको छ ।

पाकिस्तानलाई आफू विरोधी गतिविधिमा काश्मिरस्थित केही समूहहरू सक्रिय रहेको जनाउँदै इस्लामाबादले त्यस्ता गतिविधि नियन्त्रण गरोस् भनी भारतले निरन्तर पाकिस्तानमाथि दबाब दिँदै आएको छ । रासस/पीटीआई