३१ आश्विन २०८३, शनिबार

किन बधाई पाए युवा संघका अध्यक्ष राजीवले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १९ माघ । आन्दोलनको भुमरीमा फसेको मधेसमा मंसिरदेखि जागरण अभियान चलारहेको युवा संघ नेपालले दाबी गरेको कुरा प्रमाणित भएको छ ।

मधेसमा जागरण अभियान सुरु गर्दा जताजतैबाट अपजस पाएको युवा संघ नेतृत्व अहिले आफ्नो कुरा पुष्टि भएपछि धन्यवादको पात्र बनेको छ । स्वयं मधेसका जनताले युवा संघ नेतृत्वको प्रशंसा गर्दै अभियान चलाएको भन्दै धन्यवाद दिएका छन् ।

मधेसमा कुनै पनि दलका नेता कार्यकर्ताले पाइला टेक्न नसकेको अवस्थामा अभियानै चलाउन हिम्मत गर्ने युवा संघका अध्यक्ष राजीव पहारीले अभियानको सुरुवाती चरणमा मधेस आन्दोलन भारतको इशारा गरिएको, मधेसी नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्रराय यादव र महन्थ ठाकुर भारतको एजेन्ट भएको र भारतकै इशारामा भौगलिक र भावनात्मक रुपमा नेपाल विभाजनका लागि आन्दोलन गरेको दाबी गरेका थिए ।

जसलाई अहिले भाइरल भइरहेको एक फोटोले प्रमाणित गरिदिएको युवा संघका नेताहरु बताउँछन् । फोटो मात्रै होइन् आन्दोलनमा सहयोग माग्न विहारी नेताको शरणमा जानु, विहारका नेता लालु यादवका अगाडि ‘दास’ जसरी बस्नु, भारतका पूर्वमन्त्री रघुवंश सिंहसँग पटकपटक सहयोगको ‘भिख’ माग्नु र आन्दोलनमा विहारले १० लाख जनता पठाउने निर्णयले मधेसी नेताहरु भारतका ‘गुलाम’ भएको प्रमाणित गरेको युवा संघका अध्यक्ष राजीव पहारीले बताए ।

morcha
विहारका नेता लालु यादवसँग मधेसी मोर्चाका नेताहरु

उनी भन्छन्– ‘मधेसी नेताहरुको आन्दोलनमा पहिले गरेको गतिविधी हेरेर हामीले भारतका एजेन्ट मात्रै भनेका थियौ । अहिले त गुलामै भएर निस्किएछन् । हामीले मात्र होइन् सारा मधेसी तथा नेपाली जनताले उनीहरुलाई गुलाम भनेर चिने ।’ मधेसमा जाँदा धम्की दिने मधेसी मोर्चाका केही नेता र कार्यकर्ताले नै आफूलाई अहिले फोन गरेर धन्यवाद दिएको उनले बताए ।

मधेसी जनताको माझमा अभियान लिएर जाने प्रस्ताव सुनाउँदा धेरैले हावामा उडाएको स्मरण गर्दै पहारीले धेरैले आफूहरुलाई मधेस गर्न जानै सक्दैनौं भनेर भनेको बताए ।

morcha-1
भारतका पूर्व मुख्यमन्त्री रघुवंश सिंहसँग मधेसी नेताहरु

‘मधेसी नेताहरु विखण्डनकारी, विभाजनवादी, भारतको इशारामा नेपाललाई विभाजन गर्ने रणनीतिमा लागेको कुरा मधेसका जनताले पनि प्रत्यक्ष देखे, बुझे । यसले हाम्रो अभियानलाई पूर्ण रुपमा सफल बनाएको छ,’ उहाँले भन्नुभयो– ‘नयाँ संविधान समाप्त पार्ने र नेपाल विभाजित गर्न खोजेको कुरा आज प्रमाणित भयो ।’

अध्यक्ष पहारीले युवा संघको अभियानले मधेसमा जागरण ल्याइसकेको भन्दै मधेसी मोर्चाको आन्दोलनमा अब जनताले साथ नदिने ठोकुवा गरे ।

यस्तै, युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले पनि मधेसी मोर्चाका नेताहरुको असली रुप सार्वजनिक भएको बताए । उनले भने– ‘भारतीय एजेण्ट हुन् भनेर हामीले पहिल्यै भनेका हौं । चारै नेतालाई जेल हाल्न पनि माग गर्यौं । तर, हामीलाई धेरैले हावा कुरा गर्ने भने । तर अहिले मधेसी नेता र आन्दोलनको असली रुप देखियो ।’

उनले मधेस आन्दोलनका नाइकेलाई कारवाही गर्न ढिला गर्न नहुनेमा जोड दिए ।