काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीच खेल चलिरहेको छ ।
खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । क्रिजमा टिकेका आरिफ शेख २६ रनमा क्याच आउट भएका छन् । उनले ४४ बल खेलेर ४ चौका प्रहार गरेका थिए ।
यसअघि सन्दिप सुनार, कप्तान राजु रिजाल, योगेन्द्र कार्की र सुनिल धमला आउट भइसकेका छन् । अहिले राजविर सिंह र आरिफ शेख क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले ३३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९४ रन जोडेको छ ।















प्रतिक्रिया