काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीच खेल चलिरहेको छ ।
खेलमा नेपालले चौथो विकेट गुमााएको छ । क्रिजमा टिकेका सन्दिप सुनार ३७ रनमा क्याच आउट भएका छन् । उनले ७३ बल खेलेर ४ चौका प्रहार गरेका थिए ।
यसअघि कप्तान राजु रिजाल, योगेन्द्र कार्की र सुनिल धमला आउट भइसकेका छन् । अहिले राजविर सिंह र आरिफ शेख क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले २३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६६ रन जोडेको छ ।















प्रतिक्रिया