३१ आश्विन २०८३, शनिबार

नेपाल प्रहरीले खोल्यो अहिलेसम्मकै बढी संख्यामा जागिर, तलब पनि आकर्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logo

काठमाडौं, १७ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको छ ।

आइतबार सार्वजनिक सूचना प्रकाशित गरी नेपाल प्रहरीले रिक्त रहेको जनपदतर्फको प्रहरी जवान पदका लागि नयाँ भर्ना खोलेको हो । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाको सूचना अनुसार खुल्ला प्रतियोगिताबाट ५ हजार ४ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

जसअनुसार अमर–अशक्त प्रहरी परिवार तर्फ १०९ जना, खुल्ला तर्फ २ हजार ९ सय ३४ जना र आदिवासी जनजातितर्फ ७६८ जना, मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जनाका लागि जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

जवान पदमा दरखास्त दिन इच्छुक उम्मेदवारले कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने छ भने १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने छ ।

यस्तै माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्नेछ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।

क्षेत्रहरुमा भने पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुबाट पनि दरखास्त फाराम वितरण हुनेछ ।

दरखास्त आह्वान गरिएको पदको तलब पनि आकर्षक रहेको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना, भर्नुस् दरखास्त फाराम:

१) सूचना

२) दरखास्त फाराम