२९ आश्विन २०८३, बिहिबार

मृत्युसँग नडराउने ओलीका आँखामा आँशु ! भावकु हुँदै भने- ‘लामो जीवन मेरासामु छैन’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-2

काठमाडौँ, १ साउन । करीब १४ वर्ष जेल, नेल र गोलघरको पीढा खपेर आएको भन्दै मृत्युलाई पटक–पटक जितेको प्रतिक्रिया दिने नेकपा एमालेका नवनिर्वातिच केपी शर्मा ओलीले पहिलो पटक आफुलाई मृत्युले जित्दै गएको र आफुले हार्दै गएको अभिव्यक्ति दिनुभएको छ ।

नेकपा एमालेको नवौँ महाधिवेशनको औपचारिक समापन समारोहमा सहभागी ओलीले भावुक हुँदै यस्तो अभिव्यक्ति दिनुभएको हो । महाधिवशेनको थपेडी अनि अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ताले दिने बधाईको भीडभाडले शीथिल बन्नुभएका ओली पार्टी मुख्यालयको कार्यक्रममा पनि निक्कै थकित देखिनु हुन्थ्यो ।

उहाँले भावुक हुँदै समापन समारोहमा आफ्नो स्वास्थ्यका कारण पार्टीको काम विस्तारै गर्दै जाउला भन्ने सुविधा आफूसँग नभएको उल्लेख गर्नुभयो ।

दाहिने हातमा पट्टी बाँधिएको र आँखा पनि सुन्निएको अवस्थामा लिखित मन्तव्य पढदै ओलीले भन्नुभयो ‘सम्भवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु ।’

आफ्नो सम्पूर्ण सामथ्र्य, ऊर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास व्यक्त गर्नु भएका ओलीले पार्टी अध्यक्ष वायुपंखी घोडाजस्तै बेगमा हिंड्नु हुनुपर्ने नेता माधवकुमार नेपालको भनाइप्रति चित्त दुखाउनु भएको थियो ।

अध्यक्ष निर्वाचित भएपनि उहाँको अनुहारमा खासै चमक थिएन । उहाँको स्वागत गर्दै बधाई दिन हात मिलाउन खोज्ने नेता कार्यकर्तालाई उहाँ फिस्स हाँसेर टार्नुहुन्थ्यो, किनकी उहाँको दाहिने हातमा सेतो पट्टी लगाइएको थियो ।

ओलीको आँखा रसाएका देखिन्थे । पटकपटक चस्मा खोल्दै आँखाको आँशु पुछ्न खोज्दा उहाँको आँखा सुन्निएका देखिन्थे ।