१ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितको सहयोगार्थ अष्ट्रेलियामा भैरव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nikhil-Upreti-Bhairav-Nepali-Movie

काठमाडौं । नेपालमा रहेका भूकम्पपीडित परिवारलाई न्यानो कपडा र राहत सामाग्री सहयोग गर्न न्यानो संसार नामक गैर सरकारी संस्थाले फिल्म ‘भैरव’को अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुने भएको छ ।

सिड्नीको उत्साहजनक प्रदर्शन पश्चात फिल्मलाई अष्ट्रेलियाका विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको कार्यक्रम आयोजक विज्ञान कँडेलले बताए ।

अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका कँडेल र सुमन खरेलको सक्रियतामा फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गराउन लागिएको हो । नेपालबाट यसको व्यवस्थापन निर्देशक तथा सञ्चारकर्मी जनकदीप पराजुलीले गरेका छन् ।
निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा निखिलसहित अनु शाह, मुरलीधरलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मले तराईको विषयबस्तुलाई उठान गरेको छ ।

अष्ट्रेलियामै रहेको नेपाल रिपोटर्स मिडियाले पनि यो फिल्मलाई अष्ट्रेलियाको विभिन्न सहरमा यो फिल्मलाई प्रदर्शन गराईरहेको छ ।