१ कार्तिक २०८३, शनिबार

मिटर ब्याजको धन्दामा हिरोइन, को-को छन् चर्चित अनुहार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha_thapa

काठमाडौं । मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा चर्चित गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो ।

क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाएर पैसा आएकी थिइन् । यसैबीच, काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् ।

नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरै कलाकारहरु मिटर व्याजको धन्दामा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने कोही टाट पल्टिएका छन् ।

नायिका दीपाश्री निरौलादेखि रेखा थापासम्मले मिटर व्याजमा पैसा लगानी गरेका छन् । उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चालउने फिल्म निर्मार्ता धुव्र न्यौपानेलाई पैसा पैसा लगानी गरेका थिए । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती परेको थियो ।

हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिवेला उपत्यकाबाट विस्थापित भइसकेका छन् । (दृष्टि साप्ताहिकबाट)