३१ आश्विन २०८३, शनिबार

दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा घरफिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nain kumar sawaडर्बान, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको पल पिटर्सबर्गमा अलपत्र परेका ताप्लेजुंगका नैन कुमार साँवा लिम्बु आज कतार ऐरबेज बाट काठमाडौँ फिर्ता भएका छन् ।

उनी डर्बान विमानस्थलबाट आज साझ दोहा हुदै काठमाडौँ उडेका छन् । उनको फिर्ती प्रक्रियाका लागि परिवारसंग संयोजन गरि राखेका गैरआबसिय नेपाली संघ, मदागास्करका सहसचिब रमेश राईले उक्त जानकारी दिएका हुन् ।

गैरआबासीय नेपाली संघको अनुरोधमा प्रिटोरियास्थित नेपाल दूतावासले उनको फिर्तीका लागि प्रक्रियाको आवश्यक संयोजन गरेको थियो । संघका अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा र अफ्रीका क्षेत्रीय संयोजक सुनिल कार्कीले उनको घरफिर्तीका लागि आबश्यक चासो राखी सहयोग गरेकोमा दक्षिण अफ्रिका स्थित नेपाल दूतावासलाई हार्दिक आभार ब्यक्त गरेका छन् ।

लिम्बु छ महिना अघि गैर कानुनी रुपमा काम गर्न दलालमार्फत साउथ अफ्रीका पुगेका थिए ।