नायिका सुष्मा कार्की र उनका प्रेमी निरन शाहीबीच फेरि कुटाकुट भएको छ ।
मंगलबार पुतलीसडकको वेस्ट फुड क्याफेमा उनीहरुको कुटाकुट भएको सार्वजनिक भएको हो । पटकपटक प्रेमीबाट कुटिएपछि उनीहरुको प्रेम सम्बन्ध दोस्रोपटक ‘ब्रेकअप’ भएको छ ।
चार वर्ष अगाडि प्रेम सम्बन्ध जोड्दै ‘व्रेकअप’ र ‘प्याचअप’को बाटोमा हिंडेका आएका यी जोडीबीच पटकपटक कुटाकुट हुने गरेको थियो ।
सुष्मा आफैले ‘व्रेकअप’ दिएको बताइन् । ‘रेष्टुरेन्टमा मेरो ईन्ट्री हुने वित्तिकै मलाई तथानाम गाली गर्न थाल्यो । मैले सहन सकिन, मुख छाडिदिएँ । यहि कारणले विवाद भयो ।’- उनले भनिन् ।
सुष्माले आफ्नो हात काटेको बताइन् । निरनले आफूलाई देख्यो कि विभिन्न बहाना बनाएर झगडा गर्ने गरेको सुष्माले बताइन् ।
‘मलाई दुनियाँको विस्तारा बनेको भन्दै गाली गर्छ । यदि त्यसले आरोप लगाए अनुसारको मैले गरेको भए काठमाण्डौमा ३ वटा भव्य महल ठड्याइसक्थे ।’-नायिका कार्कीले भनिन् । मंगलबार पनि आफ्नो कुनै गल्ती नभएको भन्दै सुष्माले विनाकारण कुटाई खाएको जनाइन् ।
केही समयघि एकसाथ बसेका सुष्मा र निरन विचमा छुट्टएिका थिए । तर फेरि आफूहरु मिलेको भन्दै सुष्मा र निरन एकसाथ देखिदै आएका थिए ।
यता, निरतले भने सुष्मा आफैले विवाद गरेको बताएका छन् । ‘मलाई पिटाउन सुष्माले केटाहरु बोलायो ।’ – उनले बताए ।

निर्माता हरि महतले देशैभरि आयोजना गरेको ‘वाइड इभेन्ट’ मा सुष्मा र निरनसँगै हिंडेका थिए । त्यही कार्यक्रमको पारिश्रमिक लिन सुष्मा र निरन मंगलबारसँगै भेटिएका थिए ।
करिब चार वर्ष अगाडि ठमेलको एक रेष्टुरेन्टमा गीत गाउँदै गर्दा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरन माथि ‘उध्रेको चोली’ आइटम गर्ल सुष्माको नजर परेको थियो ।
ठमेलको रेष्टुरेन्टबाट सुरु भएको सुष्मा र निरनको सम्बन्ध ‘लिभिङ टुगेदर’ सम्म पुग्यो । सुष्माले भनिन्, ‘मैले उसको लागि खाना बनाउनेदेखि मोजा धोइदिनेसम्म काम गरें । उसले मेरो लागि के गर्यो ?’ सँगै बस्न थालेको २ महिनापछि निरनले आफूलाई शारीरिक यातना दिन थालेको सुष्माले सुनाइन् ।
(फाइल फोटो)














प्रतिक्रिया