३१ आश्विन २०८३, शनिबार

आन्दोलनका विषयमा संघीय समाजवादी फोरमले आज कडा निर्णय गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghya Samajbadi Foram Nepal Upendra Yadavकाठमाडौं, १० माघ । मुलुकको पबिछल्लो राजनीतिक अवस्था र जारी आन्दोलनका विषयमा समीक्षा एवम् रणनीति बनाउन संघीय समाजवादी फोरम नेपालको जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

काठमाडौंको भीमसेन गोलानाजिकैको एउटा पार्टी प्यालेसमा दुई दिनदेखि जारी बैठक आज बेलुका सक्किने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

‘दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक सम्भवत आज बेलुका सात बजेसम्म सक्ने गरी तयारी भएको छ’, उहाँले भन्नुभयो, ‘बैठकमा राजधानी केन्द्रित आन्दोलनका विषयमा छलफल भइरहेको छ । आन्दोलनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि निर्णय हुनेछ ।’

मधेसी मोर्चासँग संयुक्त आन्दोलन गर्दै आएको संघीय समाजवादी पार्टीले पहाडी जिल्लाहरुमा पनि आन्दोलन सशक्त बनाउने तयारी गरेको छ ।