३१ आश्विन २०८३, शनिबार

‘खुसी छु, मेरो मिसन सफल भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbendra-Khanal

– एसएसपी सर्वेन्द्र खनाल

म आफै पनि फुटबलप्रेमी भएको नाताले पहिल्यैदेखि चिन्ता थियो तर, जब मैले जिम्मेवारी पाएँ, तब सोधखोज गर्दै गएँ । २३ वर्षसम्म नेपालको फुटबलको स्तर कसरी खस्कियो ? किन विग्रियो ? भन्ने कुरामा फोकस भएँ । अनुसन्धानपछि प्रमाणित भयो कि नेपाली फुटबल पछाडि पर्नको कारण त म्याच फिक्सिङ रहेछ । यो घटनालाई आजको परिणामले पनि पुष्टि गरिदिएको छ । इमान्दारीपूर्वक खेलेको परिणाम अस्ति माल्दिभ्स र आज बहराइनसँग खेल्दा देखियो ।

अहिले नेपाली राष्ट्रिय फुटबल टोलीले जुन परिणाम देखायो, त्यो देखि म निकै खुसी छु । मेरो म्याच फिक्सिङ मिसन पूरै सफल भएको छ ।