१ कार्तिक २०८३, आइतबार

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

L to R Ajay Shrestha, Prakash Dev Palikhe, Juna Mathema, Sudarshan Basnet, Mangesh Lal Shrestha, Niranjan Shrestha, Varun Lohia, Nicholas Pandey, Ritesh Lamichhane, Udeep Shrestha

काठमाडौं, ८ माघ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा मंगेशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार राजधानीको गोकर्णमा सम्पन्न ११औं बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बरुण लोहिया, द्धितीय उपाध्यक्षमा अजय श्रेष्ठ, सदस्यहरुमा सुदर्शन बस्नेत, जुना माथेमा, रितेश लामिछाने, उदिप श्रेष्ठ, निकोलस पाण्डे, स्थायी आमन्त्रितमा (अध्यक्ष चितवन च्याप्टर) निर्देश सेढाई, (निवर्तमान अध्यक्ष, पोखरा च्याप्टर) प्रकाश देवपालिखे रहेका छन् ।

‘आफ्नो पहिचान बनाउ’ भन्ने नाराका सम्पन्न ११ औं बार्षिक साधारणसभामा विगतका क्रियाकलापहरु तथा भविष्यमा गरिने कार्ययोजना प्रस्तुत गरिएकोे थियो । प्रमुख उपलव्धीहरुमा कार्य समितिको गठन, सल्लाहकार र नेतृत्व समूहको गठन तथा नेपाली युवा उद्यमी मञ्च(सम्वन्धको गठन थिए, जुन साधारण सभाले सकारात्कमक रुपमा ग्रहण गरी स्वीकृती दिइएको थियो ।

नयाँ परिषदले संस्थाको मूलमान्यतालाई केन्द्रमा राखी युवा उद्यमीहरुको नयाँनयाँ सोच र जोश एवं जांगरलाई मजबुद पार्दै उनीहरुको उत्थानका लागि कार्य गर्दै अगाडी वढने अठोट व्यक्त गरेको छ ।