१ कार्तिक २०८३, आइतबार

पेट्रोलियम पदार्थको न्यायोचित वितरण गर्न पेट्रोलियम डिलर्स एशोसिएशनको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol Oil Nigam

काठमाडौं, ८ माघ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले पेट्रोलियम पदार्थको न्यायोचित वितरण गर्न माग गरेको छ ।

शुक्रबार नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई ध्यानाकर्षणपत्र बुझाउँदै एशोसिएशनले अनियमित वितरण प्रणलीले कालोबजारी फस्टाएको भन्दै पेट्रोलियम पदार्थको विक्री वितरणमा पारदर्शी प्रक्रिया अवलम्वन गरी सम्पूर्ण पेट्रोल पम्पहरुमा न्यायोचित वितरण गर्न जोडदार माग गरेको हो ।

यस्तो छ एशोसिएशनको ध्यानाकर्षणपत्र:

श्रीमान् कार्यकारी निर्देशकज्यू
नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय, बबरमहल ।

विषय :- पेट्रोलियम पदार्थको विक्री वितरण सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा मिति २०७२ आश्विन ३ मा संविधान जारी भए पश्चात भारतबाट पेट्रोलियम पदार्थको आयात कटौती भएका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव सर्वविदितै छ । तर हाल केही हदसम्म सुधार भई आयात भैरहेको पेट्रोलियम पदार्थको विक्री वितरणलाई प्रभावकारी तथा न्यायोचित गर्न यस एशोसिएशनले नेपाल आयल निगम लिमिटेड लगायत आपूर्ति मन्त्रालयका मन्त्रीज्यू तथा सचिवज्यूको रोहवरमा पटक÷पटक सुझावहरु दिईए पनि सुझाव कार्यान्वयन गर्ने तथा पेट्रोलियम पदार्थ विक्री वितरणमा निगमले न्यायोचित प्रकृया अवलम्वन गर्न नसकेका कारण हाल बजारमा पेट्रोलियम पदार्थको व्यापक अभाव तथा ठुलो परिमाणमा कालो बजारी भईरहेको व्यहोरा जानकारी गराउन चाहान्छौं ।

नेपाल आयल निगम लिमिटेडको विभिन्न ईन्धन डिपोहरुबाट पेट्रोलियम पदार्थ विक्री वितरण गर्दा यस एशोसिएशन तथा उपभोक्ता प्रतिनिधिसँग समन्वय नगरिएको, मन्त्रालय तथा निगमको तोक आदेशलाई मात्र प्राथमिकतामा राखी थोक उपभोक्ताको नाममा सम्बन्धीत निकायको सिफारिस विना पेट्रोलियम पदार्थ विक्री–वितरण गर्ने गरिएको, उपभोक्ताको नाममा विक्री गरिने पेट्रोलियम पदार्थ मध्ये खरीद कर्ताको भण्डारण क्षमता, आवश्यकता र औचित्य केही नहेरी आर्थिक चलखेल तथा विचौलियाको भरोसामा पेट्रोलियम पदार्थ उपलब्ध गराएको, सरकारी तथा संस्थागत पम्पहरुमा क्षमता भन्दा बढी पेट्रोलियम पदार्थ उपलब्ध गराएका कारण तिनै पम्पहरुबाट समेत अनियमिता भएको, उपभोक्ताको नाममा साधा लेटरप्याडमा तोक आदेशको भरमा वितरण गरिएको पेट्रोलियम पदार्थबाट नै व्यापक कालो बजारी भएको, डिपोहरुबाट डिलरहरुलाई पेट्रोलियम पदार्थ अत्यन्त न्यून परिमाणमा दिएको, डिलरहरुलाई पेट्रोलियम पदार्थ वितरण गर्दा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र दिने भनिएता पनि डिपोहरुले पूर्ण अनियमितता गरी आर्थिक चलखेलका आधारमा अन्यायपूर्ण तरिकाबाट वितरण गरिएको, क्यालिब्रेशन तथा नापजाँच नगरिएका टैंक–ट्रकहरुबाट कम परिमाण उपलब्ध गराई अनियमितता भईरहेको आदी जस्ता व्यापक उजुरी तथा गुनासाहरु विक्रेता तथा विभिन्न स्रोतहरुबाट यस एशोसिएशनमा प्राप्त भए पछि प्राप्त उजुरी तथा गुनासाहरु निगम÷मन्त्रालय तथा सम्बन्धीत निकायहरुमा समयमा नै राख्दा समेत कुनै सुनुवाई नभई दिन प्रतिदिन अनियमितता बृद्धि हुदै गएको हुँदा बजारमा कालो बजारी तथा अनियमितता संस्थागत भएको छ ।

तसर्थ पेट्रोलियम पदार्थको विक्री वितरणमा पारदर्शी प्रकृया अवलम्वन गरी सम्पूर्ण पेट्रोल पम्पहरुमा न्यायोचित वितरण गर्न जोडदार माग गर्दछौं । साथै आन्दोलन भैरहेको तराई÷मधेश क्षेत्रमा समेत हाल बजार तथा यातायात सुचारु भएको हुँदा उक्त क्षेत्रका पेट्रोल पम्पहरुलाई समेत पेट्रोलियम पदार्थ उपलब्ध गराउन माग गर्र्दै निगमद्धारा वितरण गरिने पेट्रोलियम पदार्थको विक्री वितरणमा न्यायोचित प्रकृया अवलम्वन गरी
कालोबजारी तथा भ्रष्टाचार प्रभावकारी ढंगबाट नियन्त्रण नगरीएमा राज्य भरको पेट्रोल पम्पहरुले कारोवार गर्न नसक्ने अवस्था सिर्जना भएको हुँदा निकट भविष्यमै उपभोक्ता हितका लागि समेत कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा जानकारी गराउदछौं ।

……………………..
(लिलेन्द्रप्रसाद प्रधान)
अध्यक्ष

बोधार्थ ः

१. सम्माननिय प्रधानमन्त्रीज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार ।

२. माननिय मन्त्रीज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
आपूर्ति मन्त्रालय, सिंहदरवार ।

३. श्रीमान् मुख्यसचिवज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
मुख्य सचिवको कार्यालय, सिंहरदार ।

४. श्रीमान् सचिवज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
आपूर्ति मन्त्रालय, सिंहदरवार ।

५. श्रीमान् महानिर्देशकज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
वाणिज्य तथा बजार अनुगमन विभाग, बबरमहल ।

६. श्रीमान् महानिर्देशकज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजु ।

७. श्रीमान् अध्यक्षज्यू ः– आवश्यक जानकारीका लागि अुनरोध ।
सबै पेट्रोलियम डिलर्स एशोसिएशनहरु ।