१ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिम क्षेत्रीय महोत्सव दश दिनसम्म लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-jilla

– झलक पाली
डोटी, ८ माघ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा दश दिने सुदूरपश्चिम क्षेत्रीय महोत्सव लाग्ने भएको छ ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फाल्गुन २१ गतेदेखि ३० गतेसम्म क्षेत्रीय महोत्सव आयोजना हुने भएको छ ।

‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, सुदूरपश्चिम विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ आयोजना हुने महोत्सवका लागि तयारी तिव्र पारिएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

स्थानीय कला, सँस्कृति, भेषभुषाको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसार, स्थानीय कृषि उपजहरुको बजारीकरण, विभिन्न पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमा टेवा पु¥याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको संघका सदस्य दिपक खड्काले बताए ।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्र खप्तड, पर्यटनको पर्खाईमा रहेको सेती नदी, शुद्ध, बुढीगंगा, शैलेश्वरी, उग्रतारा, बडिमालिका, त्रिपुरा शुन्दरी, बैजनाथ, शुक्लाफाँटा, रामारोशन, घोडाघोडी ताल, अमरगढी किल्ला, बड्डाकेदार, अश्द्वाला, अपि–सैपाल हिमाल लगाएत थुपै्र स्थानहरुको प्रचार–प्रसार गरि पर्यटकहरु भित्र्याउन सके सुपको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

स्थानीय डेउडा, भुवाँ, धमारी, चैत, फाग, गौरा, ठाडी भाका, न्याउले, पुतला, हुड्केउली, पञ्चेबाजा, कृषितर्फ जोरायलको बासमती, बोगटानको अदुवा, विभिन्न क्षेत्रमा पाईने सुन्तला, बेसार, तरकारी, खप्तडको देउल निगालो (लोक्ता) नेपाली कागज आदिको प्रदर्शनी, स्थानीय खाद्यान्न परिकारहरु, सेती नदिमा ¥याफ्टिङ्ग र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका सांगितिक प्रस्तुतीहरु महोत्सवका आकर्षणहरु रहने बताईएको छ ।

त्यस्तै सुदूरपश्चिमका विभिन्न पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानका पोस्टरहरु प्रदर्शनी, फुड फेस्टिभल, हस्तकला प्रदर्शनी लगाएतका कार्यक्रमहरु पनि रहेको जनाईएको छ ।

झण्डै ५० लाखको खर्च अनुमान गरिएको महोत्सवमा २ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । दश दिने अवधीमा झण्डै ३ करोडको व्यवसायिक कारोबार हुने पनि आयोजकले अनुमान गरेको छ ।

महोत्सव सफल पार्नका लागि संघले शुक्रबार विभिन्न राजनीतिक दल र अन्य सरोकारवाला निकायबिच छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

दिपायलको होटल वर्षमा आयोजित कार्यक्रमका सहभागिहरुले विगतका महोत्सवलाई सिकाईका रुपमा लिंदै सर्वपक्षिय समन्वय र सहकार्यमा महोत्सव सफल पार्न सुझावका साथै आ–आफ्नातर्फबाट सहयोगका लागि प्रतिवद्धता समेत जनाएका छन् ।

कैलालीमा सुदूरपश्चिम महोत्सवका नामले र डडेल्धुरामा क्षेत्रीय महोत्सवका नामले महोत्सव आयोजना भएको विषय सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीमा भएकाले डोटीले क्षेत्रीय महोत्सवको आयोजना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मुलूक सात प्रदेश सहित संघीय संरचनामा गईसकेकाले आगामी वर्ष डोटीमा सुदूरपश्चिम प्रादेशिक महोत्सवका नामबाट महोत्सव लगाउनुपर्ने पनि सरोकारवालाहरुले जोड दिएका छन् ।