१ कार्तिक २०८३, आइतबार

सानिमा बैंकको शाखा दमौलीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanima-bank

काठमाडौं, ८ माघ । सानिमा बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा कार्यालय विस्तार गरी शुक्रबारदेखि बैंकिंग सेवा सुरु गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका सञ्चालकहरु सुवर्णदास श्रेष्ठ र तुक प्रसाद पौडेलले संयुक्तरुपमा गर्नुभयो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुदघाटन समारोहमा मह जोडीले दमौलीमा सानिमा बैंक संचालनमा आएकोमा दमौलीवासीलाई बधाईको साथै बैंकलाई समेत बधाइ ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन सुभकामना व्यक्त गर्नुभयो ।

सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४० वटा सञ्जाल रहेको प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले जानकारी दिनुभयो ।