काठमाडौं, ७ माघ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनमा परेका पुरक संशोधनमा छलफल हुने बुझिएको छ ।
दलहरुबीच यसअघि भएको सहमतिअनुसार आजबाट संसदमा संविधान संशोधनको पुरक संशोधनमा छलफल हुने कार्यक्रम छ ।
तर मधेसी मोर्चाले पुरक संशोधनमा पनि मन खुलाएर चित्त बुझाएको छैन । मधेसी मोर्चाका चित्त बुझाएर सोही प्रस्तावलाई छलफल गरी सदनबाट अनुमोदन गर्ने पक्षमा प्रमुख तीन दल लागेका छन् ।
समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषयमा कांग्रेसका सांसदहरुले पुरक संशोधन दर्ता गराएका छन् । अन्य केही दलका सांसदले पनि पुरक संशोधन दर्ता गराएका छन् ।















प्रतिक्रिया