१ कार्तिक २०८३, आइतबार

सिभिल बैंक लिमिटेडकोे ५औं बार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Civil-Bank

काठमाडौं, ६ माघ । सिभिल बैंक लिमिटेडले पाचौं बार्षिक साधारण सभात्रिभुवनआर्मी अफिसर्स क्लव, सुन्धारा, काठमाण्डौमा सम्पन्न गरेको छ ।

साधारण सभाले आ.ब.२०७१/७२ को नाफाबाट शेयरधनीहरुलाई ६.७५ प्रतिशत बोनस शेयर तथा ०.३३५ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३ अर्व ८ करोड हुनेछ । बैंकको संस्थापक शेयर ५९.६८ प्रतिशत रहेकोमा सो मध्ये ८.६८ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गरी सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।

सिभिल बैंक लिमिटेडमा अर्को बैंक तथा वित्तीय संस्था गाभ्ने वा बैंकलाई अर्को बैंक तथा वित्तीय संस्थासंग गाभ्ने वा प्राप्ति गर्र्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर/प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्थासंग समझदारीपत्र गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्ने गराउने, शेयर आदानप्रदान अनुपात तय गर्ने, गाभ्ने गाभिने वा प्राप्त गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि साधारण सभाले संस्थापक लगानी कर्ताहरुको समुहकोतर्फबाट संचालक समितिमा ई. इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रकाशतायल, रीता श्रेष्ठ र विनोदलाल श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्त सम्म रु. २६.९२ अर्व निक्षेप संकलन गरी रु.२३.७४ अर्व कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ४२ शाखा ९ शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक सेवादिंदै आएको छ भने ३४ स्थानहरुमा एटिएम जडान गरिसकेको छ ।