
काठमाडौं, ६ माघ । सानिमा बैंक लिमिटेडले काभ्रेपलान्चोकको बनेपामा शाखा विस्तार गरी गरीे बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बुधबार बनेपा शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका सञ्चालकहरु महेश घिमिरे र भरत कुमार पोखरेलले गर्नुभयो ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुदघाटन समारोहमा मह जोडीले बनेपामा सानिमा बैंक संचालनमा आएकोमा बनेपावासीलाई बधाईको साथै बैंकलाई समेत बधाइ ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।
सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ३९ वटा संजाल रहेको छ र चाँडै नै तनहुँको दमौलीमा नँया शाखा स्थापनाबाट थप सेवा विस्तार गर्ने विश्वास लिएको बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले जानकारी दिनुभयो ।















प्रतिक्रिया