१ कार्तिक २०८३, आइतबार

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taiwan

काठमाडौँ, ६ माघ । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् ।

यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका आठ पर्यटन व्यवसायी पहिलो पटक सहभागी हुन लागेका हुन् । चौध देशका व्यवसायी सहभागी हुने सो मेलामा रहने हजारमध्ये चार कक्षमा नेपालमा उत्पादित वस्तु र पर्यटन प्रवद्र्धनका सामग्री रहनेछन् ।

ताइवानको नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष हुने सो मेलामा पस्मिना, मिथिला कला, थाङ्का, चिया, कफी, अदुवा र बेसारका धुलो सहितका नेपालमा उत्पादित सामग्री मेलामा राखिने एभरेस्ट यार्ड एक्सपोर्ट नेपालका टङ्कबहादुर पुरीले बताउनुभयो ।

मेलामा सहभागिताका लागि ताइवानबाट नेपाल आएर पर्यटन व्यवसायमा संलग्न ह्याप्पी बबल क्याफेका प्रबन्धक निर्देशक एवम गाइड बुक लेखक वे जु वेले नेपालमा उत्पादित वस्तुको बजारीकरण र नेपालको पर्यटन प्रवद्र्धनमा यो सहभागिताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

उहाँले सो मेलामा ताइवानी स्वयम्सेवक परिचालन गरी प्रचारात्मक कार्य र ताइवानी व्यापारीसँग नेपाली पर्यटन व्यवसायीको अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिने बताउनुभयो । नेपाल पर्यटन बोर्डबाट उपलब्ध पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री समेत सो मेलामा वितरण गरिनेछ ।

मेलामा एपिएस माला ट्रेडरका सागर लामा र दिया लामा, अल्पाइन एसियन ट्रेकस एन्ड एक्सपिडिसनका शेखर थापा, कसमस भिजन कंका सुशील भट्ट र शिव अधिकारी, एभरेस्ट यार्ड एक्सपोर्टका पुरी, त्रिशूली एक्सपोर्ट प्रालिका टीकाराम नेपाल लगायत सहभागी हुनुहुनेछ । नेपालबाट यसअघि ताइवानमा पस्मिना र हस्तकलाका सामग्री निर्यात हुने गरेको थियो । रासस