काठमाडौं, ५ माघ । संविधान संशोधनका विषयमा प्रमुख दल र मधेसी मोर्चाबीच कुरा नमिलेपछि संसदको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।
संसद बैठक चलाउने विाष्यमा छलफल गर्न प्रमुख दलहरू कांग्रेस, एमाले र एमाओवादी तथा सभामुख ओनसरी घर्तीबीच छलफल भइरहेको छ । संसद भवन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शीर्ष नेताहरूले सदनको बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श गरेका हुन् ।
स्रोतका अनुसार मधेसी मोर्चाको असहमतिका बीच संविधान संशोधनको प्रस्ताव अगाडि बढाउँदा राजनीतिक द्वन्द्व उत्पन्न हुनेभन्दै केही नेताहरूले मध्यमार्गी बाटो खोजेर अगाडि बढ्न सुझाव दिएका छन् ।
सदन चलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल भएको छ । तर कार्यव्यवस्थाले पनि कुनै ठोस कार्यसूची बनाउन नसकेपछि शीर्ष नेताहरूले सो विषयमा छफल गरेका हुन् ।
संसदको बैठक १ बजेका लागि बोलाइएको थियो । तर सदनको बैठक यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन ।
मधेसी मोर्चाले सहमति हुन नसकेको भन्दै आज पनि सदनमा नारावाजी र घेराउ गर्ने जनाएको छ ।















प्रतिक्रिया