
काठमाडौँ, ४ माघ । बढी मूल्यमा बिक्री गर्न पेट्रोलियम पदार्थहरु लुकाउनेमाथि प्रहरीले अपरेशन सुरु गरेको छ ।
काठमाडौँको मण्डिखाटारबाट प्रहरीले आइतबार एक महिलालाई पक्राउ गरेको छ । लुकाई राखेको इन्धनसहित बुढानिलकण्ठ नगरपालिका–११ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक घर भएकी ३९ बर्षीया बिरकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार लुकाई छिपाई राखेको डिजेल र पेट्रोल सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया