काठमाडौ, ४ माघ । उपप्रधान तथा परराष्ट्र एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापासग साझा प्रकाशन सञ्चालक समितिले भेट गरी पठन संस्कृति अभिवृद्धिका लागि परियोजना प्रस्ताव प्रस्तुत गरेको छ ।
प्रकाशनको माध्यमबाट भाषासाहित्य र वाङ्मयको श्रीवृद्धिका लागि राज्यको ऐतिहासिक दायित्व निर्वाह गरेको साझा प्रकाशनको पठन संस्कृति अभिवृद्धि गर्ने परियोजनाअनुरुप स्थानीय निकाय जिविस, नगरपालिका र गाविसमा पुस्तकालय स्थापना गरी पुस्तक खरिद गर्ने व्यवस्था मिलाउनका लागि मन्त्रालयसमक्ष प्रकाशनले प्रस्ताव गरेको हो ।
प्रस्तावलाई सकारात्मक रुपमा लिदै स्थानीय विकासमन्त्री थापाले पहिलो चरणमा नगरपालिकाबाट सो कार्यको थालनी गर्ने वचनबद्धता प्रकट गर्नुभयो । उहाले यसै वर्षबाट २ सय १७ नगरपालिकामा यो योजना लागू गर्ने बताउदै पुस्तकालयको नाम नै ‘साझा पुस्तकालय’ राख्न पनि सुझाव दिनुभएको थियो । पाइलट प्रोेजेक्टका रुपमा नगरपालिकाबाट सुरु गर्ने पुस्तकालय स्थापनाको कार्यलाई गाविससम्म विस्तार गर्दै लैजाने पनि उहा“ले बताउनुभएको थियो । अहिले स्थानीय निकायमा बजेट गइरहेकाले २० हजारको पुस्तक खरिद गर्नु कुनै अप्ठयारो नभएको मन्त्री थापाको भनाइ थियो ।
साझा प्रकाशनका सञ्चालक दीनानाथ शर्मा, प्रदीप नेपाल, प्रा. डा. कृष्णहरि बराल एवं गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ रोदनको उपस्थितिमा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रपसाद शर्माले परियोजना प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।












प्रतिक्रिया