१४ कार्तिक २०८३, शनिबार

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

तुलसीपुर(दाङ), ४ माघ । तुलसीपुरबाट बिरामी लिएर घोराहीतर्फ जाँदै गरेको रा१च ५२५ नं को एम्बुलेन्सको ठक्करबाट गए राति दाङमा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नपा–१५ को पर्सेनीमा एम्बुलेन्सको ठक्करबाट तुलसीपुर–६ बनकट्टाका १३ वर्षीय शान्तराम चौधरीको मृत्यु भएको हो ।

माघीको नाच हेर्न गएका बालकलाई सडकनजिकै एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र एम्बुलेन्सलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ । रासस