१४ कार्तिक २०८३, शनिबार

संविधान संशोधन विधेयक देश र जनताको हितमा छैन्ः उपप्रधानमन्त्री केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-Bdr-Kcकाठमाडौ, ४ माघ । उपप्रधान तथा सहरी विकास एवं गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले नेपाली जनताले भोगिरहेको समस्या दुई कारणले भएको र संविधान संशोधन पनि नेपालीका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताएका छन् ।

नेपाल-क्यानडा मैत्री तथा साँस्कृतिक संघको कार्यक्रममा बोल्दै उनले भने- ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्न परेको छ ।’

उनले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली जनताको लागि नभई अरु कसैको चाहनामा दर्ता भएको ठोकुवा गरे । संशोधन प्रस्ताव नेपाली जनता र देशको हितमा छैन्’ उनले भने

आफू आफ्नो राजनीतिक मान्यता लागु गर्न सरकारमा गएको केसीले दावी गरे ।