१४ कार्तिक २०८३, शनिबार

मधेस आन्दोलनको ‘पत्ता साप’ गर्न गाउँ गाउँमा खटिए एमाले कार्यकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

मोरङ, ४ माघ । नेकपा एमालेले सुरु गरेको तीन महिने जागरण अभियान आजदेखी मोरङको क्षेत्र नम्बर ९ मा सुरु भएको छ ।

एमाले जिल्ला कमिटि मोरङले माघ २ गतेदेखी सुरु गरेको जागरण अभियान आजदेखी मोरङ क्षेत्र नम्बर ९ मा सुरु भएको हो । उर्लावारीमा आज विहान एक प्रशिक्षण कार्यक्रमको आयोजना पछि एमालेका ७१ जना अभियान्ताहरु क्षेत्र नम्बर ९ मा खटिएका छन् ।

एमालेका केन्द्रिय सदस्य तथा मोरङ सहइन्चार्ज रुपनारायण श्रेष्ठले जागरण अभियानका बारेमा प्रशिक्षण दिएपछि ७१ जना अभियान्ताहरु आजैदेखी क्षेत्रभित्रका गाउँगाउँमा खटिएका छन् ।

अभियान्ताहरूलाई पार्टी विधान, निर्देशन पुस्तिका, नयाँ संविधान लगायतका सामग्री समावेश गरिएको झोला प्रदान गरिएको थियो । झोलामा भएका सामग्रीहरूका आधारमा पार्टी संगठनको विचार, आन्तरिक निर्देशनका अतिरिक्त संविधानका विषयमा उठेका भ्रमहरू, संविधानका विशेषता र प्रावधानहरूलाई सुक्ष्मरुपले जनता समक्ष जानकारी गराइनेछ ।

तराई मधेसमा नयाँ संविधानका विषयमा गरिएका अनावश्यक टिप्पणी र भ्रम चिर्न यो अभियान सञ्चालन गरिएको केन्द्रिय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।