
काठमाडौं, ४ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सांसदहरूले धारणा राखेको बुझिएको छ ।
बैठकमा प्रधनमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने एक सांसदले जानकारी दिए । भोलि मंगलबारदेखि संसदको बैठक चल्ने तयारी छ । बैठक बस्नुअघि एमालेले सांसदहरूलाई बोलाएर बैठक गरेको हो ।
संसद बैठकमा संविधान संशोधनमाथि छलफल हुने कार्यक्रम छ । तर मधेसी मोर्चासँग ठोस सहमति भइनसकेकाले सो विषय अहिलेसम्म अन्यौलमा छ ।
















प्रतिक्रिया