३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा एमालेको संसदीय दल बैठक, प्रधानमन्त्रीपनि सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सांसदहरूले धारणा राखेको बुझिएको छ ।

बैठकमा प्रधनमन्त्री एवम् संसदीय दलका नेता केपी ओलीले पनि सम्बोधन गर्ने एक सांसदले जानकारी दिए ।

भोलि मंगलबारदेखि संसदको बैठक चल्ने तयारी छ । बैठक बस्नुअघि एमालेले सांसदहरूलाई बोलाएर बैठक गरेको हो ।

संसद बैठकमा संविधान संशोधनमाथि छलफल हुने कार्यक्रम छ । तर मधेसी मोर्चासँग ठोस सहमति भइनसकेकाले सो विषय अहिलेसम्म अन्यौलमा छ ।