३१ आश्विन २०८३, शनिबार

कार्यदलको बैठक बस्दै, सीमाङ्कनमा कुरा मिलाउने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxmanlal-karnaकाठमाडौं, ४ माघ । मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा सहमति नजिक पुगेको दाबी गर्दै आएका मधेसी मोर्चा र प्रमुख तीन दलका दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलको बैठक आज पनि बस्दैछ ।

अपरान्ह तीन बजेपछि बस्ने कार्यदलको बैठकमा सीमाङ्कनको विषयलाई कसरी अगाडि बढाउने भन्ने विषयमा ठोस सहमति खोज्ने प्रयास गरिनेछ ।

कार्यदलले आफ्नो तर्फबाट सहमतिको मस्यौदा तयार पारेपछि चार राजनीतिक शक्तिको बैठक बसेर हस्ताक्षर गरेर जाने तयारी भएको छ ।

चार महिनादेखिको मधेसी मोर्चाको आन्दोलनलाई सार्थकता दिनका लागि पनि चार राजनीतिक शक्तिबीच ठोस सहमति आवश्यक रहेको नेताहरूको भनाइ छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबार नयाँदिल्लीबाट फर्किएर आएपछि राजनीतिक रुपमा केही सुधार भएको जानकारहरूको बुझाइ छ ।