१४ कार्तिक २०८३, शनिबार

सरकारका सयदिनः कार्य सम्पादनमा पूर्ण रुपमा सफल भएको सञ्चारमन्त्री राईको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

serdhan-rai

काठमाडौँ, ३ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक सय दिनको कार्य सम्पादनको समीक्षाबाट सरकार सफल देखिएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले असहज परिस्थितिबीच पनि सरकारले अत्यन्त महत्वपूर्ण काम गर्नसकेको बताउनुभयो ।

उहाँले सरकार गठनसँगै सुरु भएको अघोषित नाकाबन्दी खुलाउनेबारे छिमेकी मुलुकसँग भइआएको वार्ता अन्तिम चरणमा पुगेको बताउँदै अबको एक हप्ताभित्र सरकारले नाकाबन्दी अन्त्य भएको घोषणा गर्नसक्ने जानकारी दिनुभयो ।

अलपत्र परेको पुनःनिर्माणसम्बन्धी विधेयकलाई सरकारले व्यवस्थापिका–संसद्बाट पारित गरी शनिबारदेखि पुनःनिर्माणको अभियान सुरू गरिसकेको मन्त्री राईले बताउनुभयो । पुनःनिर्माण कार्यलाई सरकारले युद्धस्तरमा अगाडि बढाउने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री राईले भन्नुभयो- “चिसो बढेसँगै सरकारले भूकम्पपीडितलाई तत्काल राहत दिने घोषणा ग¥यो । त्यो सम्पूर्ण क्षेत्रमा पुगिसकेको छ ।”

चीनसँगको व्यापारिक सम्झौताका लागि पूर्व तयारी भइरहेको मन्त्री राईको भनाइ थियो । उहाँका अनुसार राजनीतिक स्थिरता आएसँगै प्रधानमन्त्री केपी ओली चीन र भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।

मुलुकलाई विद्युत् कटौतीमुक्त बनाउने विषयमा सरकारले अबको दुई/चार दिनभित्र योजना प्रस्तुत गर्ने पनि उहाँले बताउनुभयो । रासस