३१ आश्विन २०८३, शनिबार

शीर्ष नेतासँगको छलफलपछि कार्यदलको बैठक सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, २ माघ । मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा छलफल गर्न कार्यदलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा जारी बैठकमा मधेसी मोर्चाले पेश गरेका मागका विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसअघि कार्यदलका सदस्यहरूले बिहान प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

संघीय प्रदेशको सीमाङ्कन, भाषा, नेपाली सेनामा मधेसीहरूको प्रतिनिधित्वलगायतका माग राखेर मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ ।

मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले लगाएको नाकाबन्दीले दैनिक जीवन कष्टकर बन्दै आएको छ ।