१ कार्तिक २०८३, शनिबार

अभिनेत्री मनीषाको बलिउडमा कमब्याक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha Koiralaमुम्बई । लामो अन्तरालपछि अभिनेत्री मनीषा कोइरालाले नयाँ फिल्मका लागि ‘साइन’ गरेकी छन् ।

सन् १९९५ मा प्रदर्शन भएको मणि रत्नमको क्लासिक ‘बम्बे’मा देखिएजस्तै अबको नयाँ फिल्ममा पनि उनी अरविन्द स्वामीसँगै देखिनेछिन् । तमिल निर्देशक बालाले यी दुईलाई फेरि एउटै फिल्ममा खेलाउन लागेका हुन् ।

बालाको फिल्ममा कसले खेल्ने भन्ने विषय बलिउडमा चर्चाको विषय बन्छ । यहीबीच मनीषा र अरविन्दले उनको नयाँ फिल्मका लागि सम्झौता गरिसकेको खबर आएपछि बलिउडमा फेरि चर्चा सुरु भएको छ ।

त्यसो त यही फिल्ममा अनुष्का सेट्ठी पनि हुनसक्ने अनुमान गरिएको छ । एजेन्सी