१ कार्तिक २०८३, शनिबार

रोजिता बुद्धाचार्य किन बनिन् ‘मालिनी’ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rojita 1काठमाडौं । पत्रकारिताबाट नाट्य क्षेत्रमा प्रवेश गरेकी ‘मालिनी’ अर्थात रोजिता बुद्धाचार्यको दैनिकी आजकाल फेरिएको छ । उनी पत्रकारिता होइनकि थिएटरहरूमा ज्यादा भेटिने गरेकी छिन् । उनको मुख्य भूमिका रहेको नाटक ‘मालिनी’ आजकाल काठमाडौंमा प्रदर्शित छ ।

भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको लेखनमा रहेको ‘मालिनी’लाई विमल सुवेदीले निर्देशन गरेका हुन् । बौद्धधर्मसँग जोडिएकी काँशीकी राजकुमारीको कथालाई विषयवस्तु बनाएको ‘मालिनी’ले दर्शक स्रोताका मन जितेको रोजिताको भनाइ छ ।

‘कथावस्तु सामान्य प्रकृतिको छ । यसलाई भिन्दै प्रकारले प्रस्तुति गरिएको छ’, रोजिताले भनिन्, ‘अहिलेसम्म जजसले हेर्नुभएको छ । सबैले मन पराउनुभएको छ ।’

‘मालिनी’मा रोजिता काँशीकी राजकुमारी हुन्छिन् । ब्राम्हण परिवारमा जन्मिएर पनि बुद्धको दर्शन लिएकै कारण ‘मालिनी’लाई नाटकमा धेरै कष्ट सहनु पर्छ । यो कथावस्तुलाई रोजिताले जस्ताको त्यस्तै निभाएकी छिन् ।

थिएटरमा समाचार खोज्न जाँदै गर्दा सुनील पोखरेलको गुरुकुलबाट नाटक खेल्न सुरू गरेकी रोजिता अहिले त्यसैलाई निखार्न लागेकी छिन् ।

नाटकको खासै राम्रो बजार नरहेको परिवेशमा रोजिताले किन रोजिन त यो क्षेत्र ? उनी भन्छिन्, ‘नाकट क्षेत्र राम्रो छ । म खसी छु । जे गरे पनि मानिसले राम्रो गर्नुपर्छ ।’

साहित्यकार झमककुमार घिमिरेको कृतिमा रोजिताले ‘जीवन काँडाकि फूल’मा पनि अभिनयको तयारीमा छिन् । झमकको जीवनीमा आधिरित यो ठूलो पर्दाको फिल्म हो ।