१ कार्तिक २०८३, शनिबार

‘काफल पाक्यो’ले बजार पिट्दै, ‘फन्को’ काठमाडौंमा किन सुक्दै ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kafal-pakyo1काठमाडौं । ‘काफल पाक्यो’ र ‘फन्को’ दुई चलचित्र शुक्रबार रिलिज भएका छन् । रिलिज भएको दिन दुबै फिल्मले सामान्य व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

सावित्री खत्रीको निर्देशनमा बनेको काफल पाक्योले ‘सिंगल स्क्रिन’ लक्षित गरेर रिलिज भएको छ । सुवर्ण थापा निर्देशित फन्को भने मन्टिप्लेक्स हलमा लागेको छ ।

जीवन लुइँटेल र वर्षा राउत प्रमुख भूमिकामा रहेको काफल पाक्योलाई निर्माताले पूर्ण मनोरञ्जक फिल्म दाबी गर्दै आइरहेका छन् । जीवनले नयाँ ‘गेटअप’ र शैलीमा अभिनय गरेको भनी प्रचार गरिँदै आएको फिल्मले औसत सुरुवात गरेको रिपोर्ट प्राप्त भएको छ ।

दयाहाङ राई, सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्कीका साथमा अनुप बरालसमेतले अभिनय गरेको फन्कोको सुरुवाती व्यापार पनि सुखद नभएको जानकारी प्राप्त भएको छ ।

माघे संक्रान्तिमा ‘रिलिज’ गर्दा पनि कुनै फिल्मले ‘इनिसियल’ व्यापार नगर्नाले फेरि फिल्म चल्ने माहोल सेलाएको अडकल काट्न थालिएको छ ।

पुसमा रिलिज भएका ‘टिस्टापारिको साइनो’, ‘मिसन खेलाडी’, ‘धौली’, ‘आधापेज’, ‘बागमती’ र ‘डन्ट ब्रेक माई हर्ट’ मुस्किलले दुई दिन हलमा टिके ।

माघ सुरुवातीका फन्को र काफल पाक्योले भने दर्शकको राम्रै साथ पाउने अपेक्षा गरिएको छ ।