३१ आश्विन २०८३, शनिबार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको बैठक महाराजगञ्जमा जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Meetingकाठमाडौं, १ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १३औँ महाधिवेशनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बसिरहेको छ ।

सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी बैठकमा विशेष गरेर १३औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । ‘पार्टी १३औँ महाधिवेशनमा जुटेको छ’, उहाँले भन्नुभयो, ‘महाधिवेशन र विधान संशोधनका विषयमा छलफल केन्द्रित हुन्छ ।’

त्यसै गरी बैठकमा मधेसी मोर्चाको आन्दोलन र कार्यदलस्तरमा भइरहेका वार्ताका विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।

बैठकमा सभापति कोइरालाका साथै, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिंह, कोषाध्यक्ष चित्रलेखा यादवलगायत दर्जन नेताहरूको सहभागिता रहेको छ । (तस्बिर सौजन्य यूपी लामिछाने)