३१ आश्विन २०८३, शनिबार

महिला श्रमिकका लागि ठोस कार्यक्रम ल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-women (1)काठमाडौँ, ३० पुस । श्रम तथा रोजगार मन्त्री दीपक बोहराले अनौपचारिक क्षेत्रलाई रोजगार नीतिमा समेटी यस क्षेत्रमा रहेका महिला श्रमिकको विकासका लागि ठोस कार्यक्रम ल्याउने बताउनुभएको छ ।

सार्क विजनेस एसोसिएसन अफ होम बेस्ड वर्कर्सको सातौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बोहराले अनौपचारिक क्षेत्रमा कार्यरत महिलाले पुरुषको तुलनामा श्रम बढी गर्नुपर्ने, पारिश्रमिकमा असमानता हुनेलगायत समस्या बारम्बार भोग्नु परेकाले यससम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने बताउनुभयो । “सहरी क्षेत्रका मात्र नभई गाउँगाउँका महिलाको श्रम पहिचान गरी उनीहरुलाई सोहीअनुसारको रोजगारी प्रदान गर्न विभिन्न कार्यक्रम ल्याउन मन्त्रालय लागिपरेको छ” उहाँले भन्नुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठले अनौपचारिक क्षेत्रमा कार्यरत महिलाको कुनै तथ्याङ्क नभएको र उनीहरुको कामलाई महत्व नदिएकाले यसलाई नीति बनाएरै समेट्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आफूमा भएको सीपको पहिचान गरी आफूलाई सक्षम बनाउनतर्फ महिला लाग्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष चाँदनी जोशीले भूकम्प, नाकाबन्दीजस्ता कारणले सन् २०१५ नेपाली महिलाका लागि नैराश्यताको वर्ष रहेपनि सन् २०१६ मा महिला विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । सवा नेपालका अध्यक्ष सृष्टि श्रेष्ठले सन् २००८ मा स्थापित संस्थाले अनौपचारिक क्षेत्रमा कार्यरत महिलालाई एकै थलोमा राखेर उनीहरुको आर्थिक आय आर्जनका कार्यमा सहयोग पु¥याउँदै आइरहेको बताउनुभयो ।

सवा नेपालका अनुसार नेपालमा करिब २२ हजार महिला अनौपचारिक क्षेत्रमा कार्यरत छन् भने दुई हजार २०० महिला संस्थामा आबद्ध छन् । रासस