१ कार्तिक २०८३, शनिबार

यसरी फन्दामा परेकी हुन् गायिका रेखा शाह जुवाडे ठगको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha Shahaकाठमाडौं, ३० पुस । मिटर व्याजमा पैसा लगानी गर्ने गायिका रेखा शाह बेलैमा विचार नपुगाउँदा प्रहरीको फन्दामा परेकी छन् ।

क्यासिनोको कुलतमा फसेका नामुद जुवाडे सन्दिपराज काफ्लेले उनलाई प्रहरीको खोरमा पुगाएका हुन् । गायिका शाहले लगानी गरेको चार गुणाभन्दा बढि पैसा असुल्न काफ्लेका बुबा सुवासराज काफ्लेलाई धम्क्याएपछि प्रहरीले शाहलाई पक्राउ गरी सार्वजनिक अपराधमा कारबाही अघि बढाएको छ ।

शाहसँगै उनको श्रीमान इन्द्र गुरूङ्लाई पनि प्रहरीले पक्राउ गरी अनसुन्धान गरेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

‘सिमसिमे पानीमा’ बोलको गीत गाएर चर्चामा आएकी गायिका शाहले जुवाडे काफ्लेलाई ११ लाख रुपैयाँ मिटर व्याजमा लगानी गरी एक बर्षको अबधिमा एक करोड ४६ लाख असुल्न बाबु सुवासराजलाई समेत धम्क्याउन थालेपछि प्रहरीले पक्राउ गरेको हो ।

११ लाखको एक करोड ४६ लाख लिने गरी गायिका शाह र उनका श्रीमानले पटक–पटक गरी काफ्लेलाई कागज गराउने र चेक कटाउने गर्दै आएका थिए ।

जुवाडे सन्दिप सम्पर्कमा नआएपछि गायिका शाहले श्रीमान र केही भाडाका गुण्डाको समेत प्रयोेग गरेर उनको बाबुलाई धम्क्याउन थालेपछि प्रहरीमा उजुरी परेको थियो ।

छलफलका लागि शाह दम्पत्तीलाई परिसरमा झिकाएर अनसुन्धान गर्दा मिटर व्याजमा पैसा लगाएकोे र ११ लाखको एक करोड ४६ लाख असुल्न खोजेको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, जुवाडेको रुपमा चिनिएका काफ्लेले धेरै व्यापारीलाई समेत ठगी गर्दै आएका थिए ।

गायिका शाहसँग ११ लाख लिने काफ्ले सात बर्षदेखी जुवाको कुलतमा फसेका व्यक्ति हुन । क्यासिनो कुलतमा फसेका काफ्लेले जुवा खेल्नकै लागि व्यापारीलाई समेत ठगी गर्दै आएका थिए । दरबारमार्ग र न्यूरोडका केही व्यापारीलाई काफ्लेले ग्राहकको भेषमा लाखौ रुपैयाँ ठगी गर्न सफल भएका थिए ।

महंगा गाडीमा हिड्ने काफ्लेले मोबाइल, ल्यापटप, जेनेरेटरको शोरुममा पुगेर आफ्नो कम्पनीको लागि १०, १५ वटा ल्यापटप चाहिने भन्दै गाडीमा लोड गर्न लगाउने र पैसा नभएको एकाउन्टको चेक दिई ठगी गर्दै आएका थिए । व्यापारीलाई विश्वास दिलाउन काफ्लेले आफू नेपाल प्रहरी हेल्थ क्लवको सञ्चालक भएको परिचय दिन्थे ।

व्यापारीसँग लिएको ल्यापटप, मोबाइल, जेनेरेटर जुवाडे काफ्ले आधा मूल्यमा बिक्री गरी क्यासिनो पुग्ने गर्दथे । जुजाडे काफ्लेले यसरी ठगी गरेको एक करोड भन्दा बडी रकम उनका बाबुले व्यापारीलाई तिरिसकेका छन् ।