
काठमाडौं, २९ पुस । हुवावे र सामसुंगबिचको प्रतिस्पर्धाको कारण ललितपुर मोबाइल कम्प्लेक्समा अब ग्राहकहरुले सस्तो मूल्यमा उच्चस्तरका फोनहरु खरिद गर्न पाउने भएका छन् ।
नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका भएपनि त्यसमध्येका सबैभन्दा लोकप्रिय ब्राण्ड हुवावे मोबाइल र सामसुंग मोबाइलको मूल्य घटेको हो ।
ललितपुर लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुलाई हुवावे तथा सामसुंग मोबाइलको खरिदमा विशेष छुट दिने भएको छ । कम्प्लेक्समा अब १ वर्ष वारेन्टीका साथ हुवावेको सबैभन्दा बढि बिक्री भएको र सामसुंगको हट मोडलको मूल्य घटाएर उपलब्ध गराएको छ । ललितपुर मलमा रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुलाई अझ बढि सुबिधा र छुट दिने उद्देश्यका साथ हुवावे र सामसुंगका विभिन्न मोडलका फोनहरु भारी छुटमा बिक्री गरिरहेको छ ।
कम्प्लेक्समा हुवावे जीप्ले मिनी १७,४०० रुपैंया, हुवावे वाई सिक्स १४,७०० रुपैंया, वाई ५४१ ८,०७० रुपैंयामा उपलब्ध हुनेछ भने हुवावेको विश्वभर रुचाईएको पी ८ लाईटको २४,५०० रुपैंया तथा हुवावे अनर फोर एक्सको २१,००० रुपैंया तोकिएको छ ।
त्यसैगरी सामसुंग जेडवानको ६,००० रुपैंया, जे२को १२,२०० रुपैंया, सामसुंग ५३१ को १३,९०० रुपैंया, जे फाइभको १७,९०० रुपैंया, टि२३१ को १९,९०० रुपैंया तोकिएको छ भने जे सिरिजको स्मार्टफोन जे सेभेनको २२,९०० रुपैंयामा उपलब्ध हुनेछ ।
कम्पलेक्सले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर कुनैपनि एशेसरिजको खरिदमा ३५ प्रतिशतसम्मको छुट दिएको छ भने पुरानो फोन साटेर नयाँ फोन लिने एक्सचेन्जको व्यवस्था पनि मिलाएको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।















प्रतिक्रिया