१३ कार्तिक २०८३, शुक्रबार

एउटै बाख्रीले पाँचवटा पाठापाठी जन्माएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat-Bakhra-ko-5-bachcha

म्याग्दी, २९ पुस । बेनी नगरपालिका–१० तोरीपानीका कृषक क्षेत्रबहादुर चोखालले पाल्नुभएको बाख्राले पाँच वटा पाठापाठी पाएको छ ।

सामान्यतया एउटा बाख्राले एकदेखि तीन वटासम्म पाठापाठी जन्माउने भए पनि चोखालको एउटा बाख्राले पाँच वटा पाठापाठी जन्माएपछि सबैलाई अचम्भित बनाएको छ ।

स्थानीय खरी जातको माउ बाख्राले जन्माएको तीन पाठा र दुई पाठीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ए

कैपटक तीनभन्दा बढी पाठापाठी जन्माउने सम्भावना कम हुने भए पनि पुख्र्यौली जातको ‘जीन’का कारण अपवादका रुपमा पाँच वटासम्म पाठापाठी जन्मने गरेको पशु सेवा केन्द्र घतानका नायब पशु सेवा प्राविधिक नारायण दर्मालीले बताउनुभयो । रासस