
काठमाडौं । अभिनेता आर्यन सिग्देल अन्धो भनेर हारे हारे भनिरहेको देखिएका छन् ।
फिल्म क्लासिकको हारे हारे बोलको गीतमा अभिनेता आर्यन अन्धो बनेका हुन् । यो फिल्मभरी नै उनलाई आँखा नदेख्ने अन्धोको भुमिकामा देख्न सकिन्छ । उनै अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको फिल्म क्लासिकको हारे हारे बोलको गीत बुधबार सार्वजनिक भएको छ ।
युटुबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई कोरियोग्राफर रेनशा राइले उत्कृष्ट बनाएकी छिन् । प्रेममा हारेपछि एक यूवकले गाउने गीतमा तयार भएको छ, हारे हारे । अभिनेता आर्यन र अभिनेत्री नम्रता यो फिल्ममा दृष्टिबिहिन भूमिकामा छन् ।
आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । माघ २९ गतेबाट फिल्म देशभर रिलिज हुनेछ ।
यो गीतमा यूवराज चौलागाइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द छ । यो गीतको अडियो सार्वजनिक भएसँगै यसलाई रुचाइएको थियो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया