
कञ्चनपुर, २९ पुस । कञ्चनपुरमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका–११ पचुई भन्ने स्थानबाट भारत पिलिभित जिल्ला हजाराठानाका २० वर्षीय पालु सिंहलाई हतियार र लागूऔषध चरेससहित मंगलबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सो ठाउँमा शंकास्पद अबस्थामा हिँडिरहेका व्यक्तिहरुले गस्ती प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेपछि प्रहरीले पक्राउ गरी शरीर चेकजाँच गर्दा सिंहको साथबाट चार पोकामा रहेको १ किलो ७ सय ग्राम लागूऔषध चरेस, १ नाल कटुवा पेस्तोल र त्यसको १ राउण्ड गोली फेला परेको थियो ।
अन्य ३ जनाले टाढाबाट १ राउण्ड गोली फाएर गरेपछि प्रहरीलेसमेत हवाई फायर गरेको थियो । अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया