
एजेन्सी । ‘अतुल्य भारत’ अभियानबाट अभिनेता आमिर खानलाई हटाएपछि प्रसिद्ध बलिउड अभिनेता अमिताभ बच्चन यो अभियानका नयाँ अभियन्ता बन्ने भएका छन् ।
नरेन्द्र मोदी सरकारले यो अभियानका लागि अमिताभ बच्चनलाई छानेको हो । प्रधानमन्त्री मोदी र पर्यटन मन्त्रालयको सहमतिमा अमिताभ बच्चन नै ‘अतुल्य भारत’ अभियानको नयाँ चेहरा बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब यो खबरलाई मोदी सरकारले छिट्टै औपचारिक रुप दिने जनाइएको छ ।
यसअघि आमिर खानले मोदी सरकारविरुद्ध र असहिष्णूताविरुद्ध दिएको अभिव्यक्तिका कारण यो अभियानबाट हटाइएको हो । मोदी सरकारले भने करार सकिएकाले हटाएको दाबी गर्दै आएको छ ।















प्रतिक्रिया