३१ आश्विन २०८३, शनिबार

अर्थमन्त्री पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu-paudel

काठमाडौँ, २८ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईबीच आज अर्थ मन्त्रालयमा भेटघाट भएको छ ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले एसियाली पूर्वाधार विकास बैंकको उद्घाटन कार्यक्रमका सिलसिलामा आगामी माघ १ गतेदेखि माघ ४ गतेसम्म गर्न लाग्नुभएको चीन भ्रमण तथा निकट भविष्यमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भ्रमणका विषयमा छलफल भएको थियो ।

यस्तै, सो अवसरमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा समेत कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस