१३ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितलाई नेपाली सेनाले बाड्यो राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Sena

काठमाडौँ, २८ पुस । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित क्षेत्रमा विगत केही दिनदेखि परिरहेको हिमपातका कारण भूकम्पपीडित जनताको दैनिकी कष्टकर बन्दै गइरहेकाले ती स्थानमा आज नेपाली सेनाले न्यानो कपडा तथा खाद्यान्न वितरण सुरु गरेको छ ।

सेनाद्वारा राहत सामग्री वितरण कार्यक्रमअन्तर्गत हाललाई गोरखाको लाप्राक–५ गुप्सीपाखाका ५०० परिवार, दोलखाको लापिलाङ–६ ताईथलीका ६०० परिवार र नुवाकोट जिल्लाको साल्मे, घलेगाउँका ७०० परिवारलाई लक्षित गरी राहत वितरणको काम अघि बढाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राहत वितरणका लागि दोलखामा मण्डी एक हजार २००, टार्पाेलिन ६००, ब्ल्याङ्केट ६००, सम्बन्धित जिल्ला सदरमुकाममा सेनाले पठाइसकेको छ ।

त्यसैगरी, नुवाकोटमा मण्डी एक हजार ४००, टार्पाेलिन ७००, पछयौरी ५२३ पिसलगायत सामग्री जिल्ला पु¥याइसकिएको सेनाले जनाएको छ । त्यस्तै, गोरखामा मण्डी एक हजार थान, टार्पाेलिन ५००, चामल ५०० प्याकेट जिल्ला सदरमुकाममा पठाइसकेको छ । रासस